Market Closed

शाइन रेसुंगाले पूर्णिमा विकास बैंकलाई एक्वायर गर्ने, सम्झौतामा भयो हस्ताक्षर

11 Mar,2019
  • Acquisition_3_11_2019_12_03_48.jpg
नेपाली पैसा
 
काठमाडौं : शाइन रेसुंगा डेभलपमेन्ट बैंकले पूर्णिमा विकास बैंकलाई एक्वायर गर्ने भएको छ । शनिबार यी दुई बैंकबीच एक्विजिसन सम्बन्धी प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर पनि भएको छ ।
 
हाल शाइन रेसुंगाको चुक्ता पुँजी १ अर्ब ६२ करोड २६ लाख ६५ हजार रुपैयाँ रहेको छ । यस्तै, पूर्णिमाको चुक्ता पुँजी ५५ करोड १२ लाख ८३ हजार रुपैयाँ छ । यी दुई बैंकबीचको सयर स्वाप रेसियो डीडीए रिपोर्टपछि तय हुनेछ । एक्विजिसन सम्झौतामा हस्ताक्षर भइसकेकाले पूर्णिमाको सेयर कारोबार रोक्का भएको छ ।
 
चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा शाइन रेसुंगाले १९ करोड ९० लाख ३४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यस्तै, पूर्णिमाले ३ करोड ६१ लाख ९३ हजार रुपैयाँ खुद नाफा गरेको छ ।

Post Your Comment