Market Closed

यी ५ कम्पनीको बोनस र हकप्रदमा भयो मूल्य समायोजन, कसको कतिमा खुल्यो कारोबार ?

31 Dec,2017
  • Price_adjustment_12_31_2017_12_14_05.jpg
नेपाली पैसा
 
काठमाडौं : नेप्सेले आइतबार पूर्णिमा विकास बैंक, युनाइटेड फाइनान्स, मिथिला लघुवित्त र समता माइक्रोफाइनान्सको बोनस तथा पोखरा फाइनान्सको हकप्रदमा मूल्य समायोजन गरेको छ । पूर्णिमाको १९.१९% बोनस सेयर समायोजनपछि भाउ प्रतिकित्ता २२७ रुपैयाँ कायम भएको छ । यसको औसत आधार मूल्य भने २९४ रुपैयाँ हो । पूर्णिमाले पुस २८ मा हुने वार्षिक साधारण सभामा १९.१९% बोनस सेयर दिने प्रस्ताव लैजाँदैछ । यसका लागि बैंकले शुक्रबारदेखि बुक क्लोज गरेको हो । यसैगरी, युनाइटेड फाइनान्सको १९% बोनस सेयरमा पनि मूल्य समायोजन भएको छ । १९% बोनसपछि यसको सेयर मूल्य प्रतिकित्ता २२९ रुपैयाँ कायम भएको छ । यो फाइनान्सको औसत आधार मूल्य भने ३१८ रुपैयाँ छ ।
 
मिथिला लघुवित्त विकास बैंकको १५% बोनस समायोजनपछि आइतबार प्रतिकित्ता १ हजार ५२ रुपैयाँलाई आधार मानेर कारोबार खुलेको छ । मिथिलाको औसत आधार मूल्य ११ सय ५२ रुपैयाँ छ । यसैगरी, समिट माइक्रोफाइनान्सको ३४.४८% बोनस सेयर समायोजन भएको छ । कम्पनीको बोनस समायोजनपछि सेयर कारोबार प्रतिकित्ता १४ सय ३६ रुपैयाँलाई आधार मानेर खुलेको छ । यसको औसत आधार मूल्य १५ सय ७६ रुपैयाँ हो । यता, पोखरा फाइनान्सको १५% हकप्रद सेयर समायोजनपछि सेयर मूल्य प्रतिकित्ता १७७ रुपैयाँमा आएको छ । पोखराको औसत आधार मूल्य २४४ रुपैयाँ छ । फाइनान्सले १ः०.१५ अनुपातमा ९ लाख ८३ हजार ६८२.७४ कित्ता हकप्रद सेयर बिक्री गर्न शुक्रबार बुक क्लोज गरेको हो । पोखराले पुस ३० गतेदेखि हकप्रद सेयर बिक्री गर्दैछ ।

Post Your Comment