Market Closed

पूर्णिमाको पुस २८ मा हुने एजीएममा १९.१९% बोनस प्रस्ताव, १४ गते बुक क्लोज

22 Dec,2017
  • purnima-bikas-bank-L_12_22_2017_4_23_01.jpg
नेपाली पैसा 
 
काठमाडौं : पूर्णिमा विकास बैंकको १० औं वार्षिक साधारण सभा पुस २८ गते हुने भएको छ । सभामा बैंकले १९.१९% बोनस सेयर दिने विशेष प्रस्ताव लैजाने छ । बैंकले कर तिर्न १.०१% नगद लाभांश पनि दिने प्रस्ताव राख्नेछ । पूर्णिमाले बोनसका लागि ८ करोड ४५ लाख ५० हजार रुपैयाँ खर्च गर्नेछ । यता, कर तिर्न ४४ लाख ५० हजार रुपैयाँ खर्च हुनेछ । बैंकले अधिकृत पुँजी र चुक्ता पुँजी वृद्धि गर्नुपर्ने भएकाले सोही बमोजिम प्रबन्धपत्रमा संशोधन गर्ने प्रस्ताव पनि सभामा लैजानेछ । साधारण सभा पिस नाइट रेष्टुरेण्ट पार्टी प्यालेस, रुपन्देहीमा बिहान ८.३० बजे सुरु हुनेछ । पूर्णिमाले सभामा आर्थिक वर्ष २०७३–७४ को लेखापरीक्षण प्रतिवेदन सहित २०७४ असार मसान्त सम्मको वासलात लगायत अन्य प्रतिवेदन पारित गर्ने प्रस्ताव पनि पेश गर्दैछ । कुनै बैंक तथा वित्तीय संस्था गाभ्न उपयुक्त देखिएमा त्यस सम्बन्धी काम गर्ने सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पेश हुनेछ । सभा प्रयोजनका लागि बैंकले पुस १४ गते बुक क्लोज गर्नेछ । यसाधारमा पुस १३ गतेसम्म मात्र कायम सेयरधनीले मात्र बोनस र नगद लाभांश सुरक्षित गर्न सक्नेछन् । हाल बैंकको चुक्ता पुँजी ४४ करोड ४ लाख ८१ हजार रुपैयाँ छ । पूर्णिमाले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड ३१ लख ५९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी ११ रुपैयाँ ९५ पैसा (वार्षिक) रहेको बैंकको प्रतिसेयर नेटवर्थ १५० रुपैयाँ ०१ पैसा छ । 
 
 
 

Post Your Comment