Market Closed

पूर्णिमाको १९.१९% बोनस डिम्याट खातामा आयो ? नआएको भए यसो गरौं

04 Jun,2018
  • purnima-bikas-bank-Ltd_6_4_2018_4_32_22.jpg
नेपाली पैसा
 
काठमाडौं : पूर्णिमा विकास बैंकले १९.१९% बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको छ । बैंकले पुस १३ गतेसम्म सेयर डिम्याट गराएका सेयरधनीको बोनस खातामा जम्मा गरिएको जानकारी गराएको छ ।
 
यस्तै, बैंकले अहिलेसम्म पनि सेयर डिम्याट नगरेका लगानीकर्ताहरुलाई सेयर डिम्याट गर्न आग्रह गरेको छ । सेयर डिम्याट गरेपछिमात्र बोनस सेयर खातामा जम्मा हुने बैंकले जनाएको छ । पूर्णिमाको गत पुस २८ गते सम्पन्न भएको सभाले १९.१९% बोनस र १.०१% नगद लाभांश (कर प्रयोजनको लागि) दिने प्रस्ताव पारित गरेको हो ।
 
हाल यो बैंकको चुक्ता पुँजी ५२ करोड ५० लाख ३१ हजार रुपैयाँ रहेको थियो । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकले ५ करोड ८५ लाख ५८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी १४ रुपैयाँ ८७ पैसा (वार्षिक) रहेको पूर्णिमाको प्रतिसेयर नेटवर्थ १२८ रुपैयाँ ०८ पैसा रहेको छ । 

Post Your Comment