Market Closed

पूर्णिमा विकास बैंकको एजीएम आज, ११.३७% लाभांश वितरण गर्ने प्रस्ताव

11 Jan,2019
  • purnima-bikas-bank-Ltd_8_7_2018_10_45_14.jpg
नेपाली पैसा 
 
काठमाडौं : पूर्णिमा विकास बैंकको ११.३७% लाभांश पारित गर्न शुक्रबार साधारण सभा भइरहेको छ । बैंकले गत आर्थिक वर्षको वितरण योग्य नाफाबाट ५% बोनस सेयर ६.३७% नगद लाभांश वितरण गर्न लागेको हो । साधारण सभा प्रयोजनका लागि बैंकले पुस १६ गते बुक क्लोज गरेको हो । 
 
बैंकको जारी पुँजी तथा चुक्ता पुँजी बृद्धि हुने हुँदा सोही अनुरुप प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि पेश गरेको छ । बैंकमा अन्य कुनै बैंक तथा वित्तीय संस्था गाभ्न वा गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि राखिएको छ । 
 
आर्थिक वर्ष २०७४ र ७५ को वार्षिक प्रतिवेदन सहित २०७५ असार मसान्त सम्मको वासलात लगायत अन्य प्रतिवेदन पारित गर्ने प्रस्ताव पनि छ । सभा होटल पौवा सिद्धार्थ नगरपालिका चिल्ड्रेन पार्क रुपन्देहीमा बिहान ९ बजे सुरु भएको हो । 
 
आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहेको छ । हाल पूर्णिमाको चुक्ता पुँजी ५२ करोड ५० लाख ३१ हजार रुपैयाँ छ । प्रस्तावित बोनस सेयर वितरणपछि पुँजी ५५ करोड १२ लाख ८२ हजार ५५० रुपैयाँ पुग्नेछ ।
 

Post Your Comment