Market Closed

पूर्णिमाको खुद नाफा घट्यो, रिजर्भ कोषमा कति छ पैसा ?

27 Jan,2019
  • purnima-bikas-bank-Ltd_8_7_2018_10_45_14.jpg
नेपाली पैसा 
 
काठमाडौं : पूर्णिमा विकास बैंकको खुद नाफा गत वर्षको तुलनामा ०.७५% ले ओरालो लागेको छ । गत वर्ष ३ करोड ६४ लाख ६७ हजार रुपैयाँ खुद नाफा कमाएको यो बैंकले अहिले ३ करोड ६१ लाख ९३ हजार रुपैयाँ मात्र कमाउन सकेको देखिन्छ । 
 
यता, खुद ब्याज आम्दानी र सञ्चालन नाफा भने क्रमशः १२.६३% र ०.८९% ले वृद्धि भएको छ । गत वर्ष ७ करोड ३९ लाख ९१ हजार रुपैयाँ खुद नाफा कमाएको यो बैंकले अहिले बढाएर ८ करोड ३३ लाख ३८ हजार रुपैयाँ पुर्याएको छ । बैंकको सञ्चालन नाफा पनि ५ करोड ५७ लाख रुपैयाँबाट बढेर ५ करोड ६२ लाख ४९ हजार रुपैयाँ पुगेको छ । 
 
यो त्रैमास सम्ममा ३ अर्ब ३५ करोड ६१ लख २८ हजार रुपैयाँ निक्षेप संकलन गरेको पूर्णिमाले ३ अर्ब ४ करोड ६७ लाख ९० हजार रुपैयाँ कर्जा लगानी गरेका छ । हाल यस बैंकको चुक्ता पुँजी ५५ करोड १२ लाख ८३ हजार रुपैयाँ रहेको छ । रिजर्भ कोषमा पनि १० करोड ८६ लाख ६ हजार रुपैयाँ छ ।

बैंकले गत वर्षको नाफाबाट ५% बोनस वितरण गरेपछि चुक्ता पुँजी ५५ करोड १२ लाख रुपैयाँ नाघेको हो । बैंकको खराब कर्जा पनि ०.२४% बाट बढेर ०.५७% पुगेको छ । प्रतिसेयर आम्दानी १३ रुपैयाँ १३ पैसा (वार्षिक) रहेको पूर्णिमको प्रतिसेयर नेटवर्थ भने ११९ रुपैयाँ ७० पैसा छ । 

 
 

Post Your Comment