एक्विजिसनमा जानु अघि पूर्णिमाले यस्तो निकाल्यो वित्तीय विवरण

24 Apr,2019
  • purnima-bikas-bank-Ltd_8_7_2018_10_45_14.jpg
नेपाली पैसा
 
काठमाडौं : पूर्णिमा विकास बैंकको  चालु आर्थिक वर्षको तेस्रो त्रैमास सम्ममा ५ करोड ८५ लाख ५८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको खुद नाफा गत वर्षको भन्दा ३.०२% ले घटेको हो । गत वर्ष यसै अवधिमा बैंकले ५ करोड ६७ लाख ५८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । पूर्णिमालाई शाइन रेसुंगा डेभलपमेन्ट बैंकले एक्वायर गर्न लागेको छ । यी दुवैले एक्विजिसन सम्बन्धी प्रारम्भिक सम्झौतामा हस्ताक्षर पनि गरिसकेका छन् ।
 
यता, गत वर्षको तुलनामा सञ्चालन नाफा पनि २.१३% ले घटेर ८ करोड ८४ लाख ५ हजार रुपैयाँमा आएको छ । गत वर्ष बैंकले ९ करोड ३ लाख ८२ हजार रुपैयाँ सञ्चालन नाफा गरेको थियो । खुद ब्याज आम्दानी भने गत वर्षको भन्दा ११.४३% ले बढेर १३ करोड १८ लाख रुपैयाँ पुगेको छ । गत वर्ष ११ करोड ८२ लाख  ७५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
 
पूर्णिमाले चैत मसान्तसम्म ३ अर्ब ४३ करोड १९ लाख ७५ हजार रुपैयाँ निक्षेप संकलन गरेर ३ अर्ब १२ करोड ३ लाख ५४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । खराब कर्जा भने ०.५१% ले बढेर ०.७९% पुगेको छ । चैत मसान्तसम्म बैंकको आधारदर १०.९५% रहेको छ । गत वर्षको यही अवधिमा आधारदर १०.७०% रहेको थियो । 
 
यता, बैंकले जगेडा कोष गत वर्षको भन्दा २१.७१% ले बढाएर १४ करोड ७४ लाख ९९ हजार रुपैयाँ पुर्याएको छ । चैत मसान्तसम्म पूर्णिमाको चुक्ता पुँजी ५५ करोड १२ लाख ८३ हजार रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी १४ रुपैयाँ ८७ पैसाबाट घटेर यस अवधिमा १३ रुपैयाँ ७३ पैसा रहेको छ । प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ ७६ पैसा रहेको छ । 

पूर्णिमा विकास बैंकको वित्तीय विवरण हेर्न यहाँ क्लिक गर्नुहोस् ।

Post Your Comment