Market Closed

पूर्णिमा विकास बैंकले बोनस सेयर हितग्राही खातामा पठायो

11 Aug,2019
  • bonus_img_8_11_2019_1_15_21.jpg
नेपाली पैसा 
 
काठमाडौं : पूर्णिमा विकास बैंकले ५% बोनस सेयर हितग्राही खातामा जम्मा गरिदिएको छ । बैंकले पुस १६ गतेसम्म सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुको बोनस सेयर हितग्राही खातामै जम्मा गरिएको हो । पुस १६ पछि सेयर डिम्याट गर्नेहरुको बोनस पनि क्रमशः खातामै जम्मा गरिने कम्पनीको भनाई छ । 
 
पुर्णिमाले गत पुस २७ गते सम्पन्न साधारण सभाबाट ५% बोनस सेयर र ६.३७% नगद लाभांश गरी कुल ११.३७% लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । बोनस वितरणपछि चुक्ता पुँजी ५५ करोड १२ लाख ८२ हजार ५५० रुपैयाँ पुगेको छ । पूर्णिमा विकास बैंक शाइन रेसुंगासँग विलय हुने क्रममा छ । हाल यसको सेयर कारोबार पनि रोक्का छ । 
 

Post Your Comment