राधीको ७ लाख ६४ हजार ५५० कित्ता आइपीओ भर्ने आज अन्तिम दिन

21 Dec,2017
  • IPO_12_21_2017_10_20_35.jpg
नेपाली पैसा
 
काठमाडौं : राधी विद्युत कम्पनीको आइपीओ भर्ने बिहीबार अन्तिम दिन हो । बिहीबार कार्यालय समयभित्र यो आइपीओमा आवदन दिइसक्नुपर्नेछ । राधीले पुस ३ गतेदेखि ७ करोड ६४ लाख ५५ हजार रुपैयाँको ७ लाख ६४ हजार ५५० कित्ता आइपीओ बिक्री खुला गरेको हो । यसमध्ये कम्पनीले २% सेयर कर्मचारी र ५% सेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ । १०० रुपैयाँ अंकित मूल्यको यस आइपीओमा लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतम ३ हजार ८०० कित्तासम्म आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम नबिल इन्भेस्टमेन्ट बैंकिङले गर्दैछ । राधीको आइपीओमा आवेदकले धितोपत्र बोर्डबाट स्वीकृित प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।
 
राधी जलविद्युत आयोजना लमजुङ जिल्लामा पर्छ । यसअघि राधीले आयोजना प्रभावित स्थानीय बासिन्दालाई ४ लाख १० हजार कित्ता आइपीओ बिक्री गरिसकेको छ । राधीले अतिप्रभावित साविक घेर्मु गाविस (हाल मस्र्याङदी) गाँउपालिका वडा नं ५ का स्थानीयलाई २ लाख ४६ हजार र न्यून प्रभावित ताघ्रिङ् गाविस (हाल मस्र्याङ्दी) गाँउपालिका वडा नं ४ का स्थानीय बासिन्दालाई एक लाख ६४ हजार कित्ता साधारण सेयरको बिक्री गरेको हो । कम्पनीको अधिकृत पुँजी १ अर्ब ५० करोड रुपैयाँ र जारी पुँजी ४१ करोड रुपैयाँ छ । जारी पुँजीमध्ये ३० करोड ७५ लाख रुपैयाँ संस्थापक सेयरधनीबाट चुक्ता भइसकेको छ । कम्पनीले जारी पुँजीको १० प्रतिशत सेयर आयोजना प्रभावित स्थानीय बासिन्दालाई बेचेको हो । कम्पनीले सर्वसाधारणलाई आइपीओ बिक्री बिक्री गरिसकेपछि बाँकी पुँजी पुग्नेछ ।

Post Your Comment