Market Closed

राधीको ४१ लाख कित्ता सेयर नेप्सेमा भयो सूचीकृत, १ सातापछि कारोबार सुरु हुने

18 Mar,2018
  • listings_template_3_18_2018_4_39_27.jpg
नेपाली पैसा 
 
काठमाडौं : राधी विद्युत कम्पनीको ४१ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । अब १ सातापछि दोस्रो बजारमा सेयर कारोबार सुरु हुनेछ । राधीले गत पुस ३ देखि ६ गतेसम्म ७ लाख ६४ हजार ५५० कित्ता आइपीओ पनि निष्कासन गरेको थियो ।

राधी जलविद्युत आयोजना लमजुङ जिल्लामा पर्छ । यसअघि राधीले आयोजना प्रभावित स्थानीय बासिन्दालाई ४ लाख १० हजार कित्ता (१०%) आइपीओ बिक्री गरिसकेको छ । कम्पनीको अधिकृत पुँजी १ अर्ब ५० करोड रुपैयाँ र जारी पुँजी ४१ करोड रुपैयाँ छ । 
 

Post Your Comment