राधी विद्युत कम्पनीको सेयर कारोबार सुरु, कति पायो ओपन रेन्ज ?

26 Mar,2018
  • radhi_3_26_2018_12_13_42.jpg
नेपाली पैसा
 
काठमाडौं : राधी विद्युत कम्पनीको सेयर कारोबार सोमबार (चैत १२ गते) देखि सुरु भएको छ । नेप्सेले राधीको पहिलो कारोबारका लागि १३९.६६ रुपैयाँदेखि ३९७.९८ रुपैयाँ ओपन रेन्ज दिएको छ । राधीको पहिलो कारोबार यही मूल्यभित्र रहेर खुल्ने छ । राधीले सेयर कारोबारका लागि ‘आरएडीएचआई’ (राधी) नै सङ्केत पाएको छ ।
 
राधीले गत पुस ३ देखि ६ गतेसम्म ७ लाख ६४ हजार ५५० कित्ता आइपीओ बिक्री गरेको थियो । राधी जलविद्युत आयोजना लमजुङ जिल्लामा पर्छ । यसअघि राधीले आयोजना प्रभावित स्थानीय बासिन्दालाई ४ लाख १० हजार कित्ता (१०%) आइपीओ बिक्री गरेको थियो । कम्पनीको अधिकृत पुँजी १ अर्ब ५० करोड रुपैयाँ र जारी पुँजी ४१ करोड रुपैयाँ छ ।
 

Post Your Comment