राधी विद्युत कम्पनीको असार २४ मा एजीएम, १०% बोनस सेयर प्रस्ताव

05 Jun,2018
  • radhid_6_5_2018_12_09_05.jpg
नेपाली पैसा
 
काठमाडौं : राधी विद्युत कम्पनीले १०% बोनस सेयर र यसमा लाग्ने कर तिर्न ०.६% नगद लाभांश दिने भएको छ । कम्पनीले बोनस सम्बन्धी प्रस्ताव असार २४ गते हुने वार्षिक साधारण सभामा पेश गर्नेछ । कम्पनीको जारी पुँजी ४१ करोड रुपैयाँबाट वृद्धि गरी १ अर्ब २० करोड रुपैयाँ पुर्याउने प्रस्ताव पनि सभाको एजेन्डा हुनेछ ।
 
साधारण सभाका लागि राधीले असार ५ देखि २४ गतेसम्म बुक क्लोज गर्ने भएको छ । असार ४ गतेसम्म कायम सेयरधनीमात्र कम्पनीले दिने लाभांशको हकदार हुनेछन् । सभा अमृतभोग क्याटरिङ कालिकास्थान, काठमाडौंमा बिहान ११ः३० बजे सुरु हुनेछ ।
 
राधीको चुक्ता पुँजी ४१ करोड रुपैयाँ छ । कम्पनीले यही पुँजीको १०% बोनस सेयर दिन लागेको हो । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार यसको प्रतिसेयर आम्दानी १३ रुपैयाँ ७७ पैसा र प्रतिसेयर नेटवर्थ १३१ रुपैयाँ ७२ पैसा रहेको छ ।

Post Your Comment