Market Closed

राष्ट्रिय वाणिज्य बैंकको एजीएम माघ २४ गते, १२% नगद लाभांश

17 Jan,2020
  • Rastriya_Banijya_Bank_7_13_2018_1_06_50.jpg
नेपाली पैसा
 
काठमाडौं : राष्ट्रिय वाणिज्य बैंकले १३औं वार्षिक साधारण सभा माघ २४ गते बोलाएको छ । सभा बैंकको आफ्नै सभाहल दरबारमार्ग, स्थित कार्यालयमा दिउसो २ बजे सुरु  हुनेछ । बैंकले १२% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । १ अर्ब ८ करोड ५ लाख ७५ हजार रुपैयाँ नगद लाभांश वितरण गर्नेछ । बैंकको प्रबन्धपत्र र नियमावली संशोधन गर्ने एजेन्डा पनि छ । आर्थिक वर्ष २०७५–७६ सम्मको वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ ।

आर्थिक वर्ष २०७६–७७ को लागि लेखापरीक्षक नियुक्त गर्ने लगायतका एजेन्डा पनि राखिएको छ । सरकारी स्वामित्वको यस बैंकमा सर्वसाधारणको अत्यन्त न्यून हिस्सा सेयर छ । तत्कालीन एनआइडीसी एक्विजिसन भएपछि सानो हिस्सा सेयर सर्वसाधारणको रहेको हो । यसर्थ, यो लाभांश सरकारलाई जानेछ । राष्ट्रिय वाणिज्य बैंकले सर्वसाधारणमा सेयर जारी गरेको छैन । 

पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको नाफा सबैभन्दा धेरै

राष्ट्रिय वाणिज्य बैंकलाई सेयर ब्रोकर र बजार निर्माताको काम गर्ने बाटो खुल्यो

 

Post Your Comment