Market Closed

राष्ट्रिय बिमा कम्पनीको नाफा ७६.५५% बढ्यो, प्रतिसेयर आम्दानी १७३.०१ रुपैयाँ

15 May,2018
  • rastriya_beema_company_lt_5_15_2018_11_25_38.jpg
नेपाली पैसा
 
काठमाडौं : राष्ट्रिय बिमा कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ४६ करोड १३ लाख २३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यही अवधिको तुलनामा खुद नाफा ७६.५५% ले वृद्धि भएको हो । गत वर्ष यो इन्सुरेन्सको नाफा २६ करोड १३ लाख ३ हजार रुपैयाँ मात्र थियो । 
 
कम्पनीले १७ करोड ९५ लाख ४५ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको छ । पुनर्बिमा कमिसनबाट १ करोड ७० लाख ३५ हजार रुपैयाँ आम्दानी भएको छ । तेस्रो त्रैमाससम्म राष्ट्रिय बिमा कम्पनीले कुल ५ करोड ७० लाख ३३ हजार रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ । 
 
यस कम्पनीको चुक्ता पुँजी २६ करोड ६६ लाख ३९ हजार रुपैयाँ पुगेको छ । यो पुँजीमा १२०% बोनस दिने घोषणा गरिसकेको छ । बोनसपछि पुँजी ५८ करोड ६६ लाख रुपैयाँ पुग्नेछ । रिजर्भ कोषमा २ अर्ब २ करोड ५८ लाख ३० हजार रुपैयाँ छ । 
 
यसैगरी, बिमा कोषमा पनि १ अर्ब ३० करोड ७४ लाख ९९ हजार रुपैयाँ जम्मा भएको छ । राष्ट्रिय बिमा कम्पनीको प्रतिसेयर आम्दानी १७३ रुपैयाँ १ पैसा र प्रतिसेयर नेटवर्थ ८५९ रुपैयाँ ७७ पैसा छ । 
 

Post Your Comment