Market Closed

रिडी हाइड्रोपावरको पनि खुम्चियो नाफा, प्रतिसेयर आम्दानीको यस्तो छ अवस्था

15 Nov,2017
  • ridi-hydropower-development-com_11_15_2017_1_08_34.jpg
नेपाली पैसा 
 
काठमाडौं : रिडी हाइड्रोपावरले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ७१ लाख ४९ हजार ५९६ रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको भन्दा नाफा ०.८१%ले थोरै हो । गत वर्ष यस हाइड्रोले ७२ लाख ८ हजार ३८९ रुपैयाँ खुद नाफा कमाएको थियो । त्यस्तै, रिडी हाइड्रोको कुल आम्दानी भने २.०५% ले बढेर १ करोड ३३ लाख ३९ हजार ९४० रुपैयाँमा झरेको छ । गत वर्ष कम्पनीको कुल आम्दानी १ करोड ३६ लाख १९ हजार ३६५ रुपैयाँ रहेको थियो । रिडीले यो त्रैमासमा बिजुली बिक्रीबाट १ करोड ३३ लाख १ हजार ४७० रुपैयाँ मात्र आम्दानी गरेको छ । गत वर्ष १ करोड ३५ लाख ७४ हजार ८६३ रुपैयाँ बिजुली बिक्रीबाट आम्दानी भएको थियो । कम्पनीले अन्य स्रोतबाट भने ३८ हजार ४७० रुपैयाँ आम्दानी गरेको छ । रिडीको सेयर पुँजी ४७ करोड २२ लाख ३० हजार रुपैयाँ छ भने रिजर्भ कोषमा ४ करोड ३५ लाख ३१ हजार ६२९ रुपैयाँ छ । गत वर्ष रिडीको चुक्ता पुँजी ३३ करोड रुपैयाँ थियो । प्रतिसेयर आम्दानी १ रुपैयाँ ५१ पैसा रहेको रिडीको प्रतिसेयर नेटवर्थ भने १०९ रुपैयाँ २२ पैसा छ । 
 
 

Post Your Comment