Market Closed

रसुवागढी हाइड्रोपावरको यस्तो छ वित्तीय अवस्था

14 Jul,2020
  • rasuwagadi_7_14_2020_12_02_56.jpg
नेपाली पैसा

काठमाडौं : रसुवागढी हाइड्रोपावरले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ६ करोड ४० लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ । गत वर्ष कम्पनीले १ करोड ६ लाख ९५ हजार रुपैयाँ नाफा कमाएको थियो । यस हाइड्रोपावरको ब्याज आम्दानी पनि घटेर ९५ लाख २२ हजारमा सीमित भएको छ । गत वर्ष यसले ३ करोड ३७ लाख ३० हजार रुपैयाँ ब्याज आम्दानी गरेको थियो । सञ्चालन घाटा पनि गत वर्ष भन्दा अझै बढेको छ ।
 
गत वर्ष २ करोड २४ लाख ५१ हजार रुपैयाँ सञ्चालन घाटामा रहेको रसुवागढी यो त्रैमासमा ३ करोड २३ लाख ७६ हजार रुपैयाँ घाटामा छ । खुद ब्याज आम्दानी र सञ्चालन घाटा अझै बढ्दा कम्पनीले समग्रमा नोक्सानी व्यहोरेको हो । हाल यसको चुक्ता पुँजी ६ अर्ब १५ करोड ७८ लाख ९० हजार रहेको छ भने जगेडा कोष १९ करोड २७ लाख ७० हजार रुपैयाँ ऋणात्मक रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १ रुपैयाँ ३९ पैसा नोक्सनामा रहेको छ । यसको प्रतिसेयर नेटवर्थ ९६ रुपैयाँ ८७ रुपैयाँ छ । 
 
हाल यस कम्पनी अन्तर्गत रसुवा जिल्लाको गोसाइकुण्ड गाउँपालिकामा १११ मेगावाट क्षमता भएको रसुवागढी जलविद्युत आयोजनाको ७८% निर्माण कार्य सम्पन्न भइसकेको छ । कम्पनीले २०७७ असार मसान्तसम्ममा विद्युत उत्पादन गर्ने लक्ष्य लिएकोमा हाल कायम रहेको बिषम परिस्थितीका कारण काम यथावत् रहेको जनाएको छ । काम सकिएपछि कम्पनीले ६१ करोड ३८ लाख ७५ हजार युनिटबाट विद्युत उत्पादनबाट वार्षिक ३ अर्ब २५ करोड रुपैयाँ आम्दानी गर्ने उल्लेख छ ।
 

Post Your Comment