Market Closed

रसुवागढी हाइड्रोपावरले यस्तो निकाल्यो वित्तीय विवरण

22 Nov,2020
  • rasuwagadi_7_14_2020_12_02_56.jpg
नेपाली पैसा
 
काठमाडौं : रसुवागढी हाइड्रोपावरले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४९ लाख ४९ हजार रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो वर्ष यही बेला कम्पनी १ करोड ४६ लाख रुपैयाँ नोक्सानमा रहेको थियो । कम्पनीले सञ्चालन घाटा व्यहोरे पनि अन्य स्रोतबाट आम्दानी बढेपछि खुद नाफा देखिएको हो ।

असोजसम्म रसुवागढी ७८ लाख ८४ हजार रुपैयाँ सञ्चालन घाटामा रहेको छ । अघिल्लो वर्ष पनि कम्पनी १ करोड ७३ लाख ५९ हजार सञ्चालन घाटामा रहेको थियो । तर अन्य स्रोतबाट भने १ करोड २८ लाख रुपैयाँ आम्दानी भएको छ । हाल यसको चुक्ता पुँजी ६ अर्ब १५ करोड ७८ लाख ९० हजार रहेको छ भने जगेडा कोष १९ करोड ६८ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ३२ पैसा रहेको छ । यसको प्रतिसेयर नेटवर्थ ९६ रुपैयाँ ८० रुपैयाँ छ । हाल यस कम्पनी अन्तर्गत रसुवा जिल्लाको गोसाइकुण्ड गाउँपालिकामा १११ मेगावाट क्षमता भएको रसुवागढी जलविद्युत आयोजनाको ७८५ निर्माण कार्य सम्पन्न भइसकेको छ ।

रसुवागढीको वित्तीय विवरण हेर्नुहोस् 
 

Post Your Comment