Market Closed

रिलायन्स फाइनान्सको १ लाख ८८ हजार कित्ता सेयर लिलामी भर्ने आज अन्तिम दिन

15 Mar,2019
  • Reliance-fininnce-Ltd_6___7_8_1_2018_11_39_24.jpg
नेपाली पैसा 
 
काठमाडौं : रिलायन्स फाइनान्सको संस्थापक समूहको १ लाख ८८ हजार ८७४.५२ कित्ता सेयर लिलामी भर्ने शुक्रबार (चैत १ गते) अन्तिम दिन हो । रिलायन्सले फागुन १७ गते देखि लिलामी सेयर खुला गरेको हो ।
 
यसअघि गत साउन ४ देखि १६ गतेसम्म ३ लाख १ हजार २७४।५२ कित्ता संस्थापक सेयर लिलामीमा ल्याउँदा १ लाख १२ हजार ४०० कित्ताका लागि मात्र आवेदन परेपछि बाँकी सेयर फेरि लिलामी ल्याइएको हो ।
 
 यो संस्थापक सेयरमा सर्वसाधारणले पनि आवेदन दिन सक्नेछन् । न्यूनतम १०० रुपैयाँलाई आधार मानेर बोलपत्र पेश गर्नुपर्नेछ । न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।
 
 
लगानीकर्ताले बिक्री प्रबन्धक सनराइज क्यापिटल कमलपोखरी, काठमाडौंलगायत सनराइज बैंकको वीरगञ्ज, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढी शाखाबाट आवेदन दिन सक्नेछन् । यसैगरी, रिलायन्स फाइनान्सको पोखरा, नारायणगढ, बनेपा र झापाको चारआली शाखाबाट पनि लिलामी भर्न पाउने व्यवस्था छ । 

रिलायन्स फाइनान्सको सेयर लिलामी सम्बन्धी सूचना यहाँबाट हेर्नुहोस् । 

Post Your Comment