Market Closed

रिलायन्स फाइनान्सको लिलामी सेयरमा कति कायम भयो कट अफ प्राइस ?

22 Mar,2019
  • Reliance-fininnce-Ltd_6___7_8_1_2018_11_39_24.jpg
नेपाली पैसा
 
काठमाडौं : रिलायन्स फाइनान्सको संस्थापक सेयर लिलामीको कट अफ प्राइस १०० रुपैयाँ कायम भएको छ । यो लिलामीमा प्रतिकित्ता न्यूनतम १०० रुपैयाँसम्म भाउ तोकेर भर्नेले सेयर पाउने भएका छन् ।
 
बिक्री प्रबन्धक सनराइज क्यापिटलका अनुसार कुल ५ जना आवेदकमध्ये २ जनाको मात्र आवेदन योग्य भएको छ । रिलायन्सले संस्थापक समूहको १ लाख ८८ हजार ८७४.५२ कित्ता सेयर लिलामी गरेको हो ।
 
यसअघि गत साउन ४ देखि १६ गतेसम्म ३ लाख १ हजार २७४.५२ कित्ता संस्थापक सेयर लिलामीमा ल्याउँदा १ लाख १२ हजार ४०० कित्ताका लागि मात्र आवेदन परेपछि बाँकी सेयर फेरि लिलामी ल्याएको हो ।

Post Your Comment