Market Closed

रिलायन्सको नाफामा ५५.५७% सुधार हुँदा कति पुग्यो प्रतिसेयर आम्दानी ?

28 Apr,2019
  • Reliance-fininnce-Ltd_6___7_8_1_2018_11_39_24.jpg
नेपाली पैसा
 
काठमाडौं : रिलायन्स फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २ करोड ७१ लाख ३६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्ष भन्दा ५५.५७% ले बढी हो । फाइनान्सले गत वर्ष १ करोड ७४ लाख ४२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । रिलायन्सको खुद ब्याज आम्दानी पनि ३३.४०% ले बढेर १३ करोड ५२ लाख ८७ हजार रुपैयाँ पुगेको छ । 
 
गत वर्ष फाइनान्सले १० करोड १४ लाख ९ हजार रुपैयाँ ब्याज आम्दानी गरेको थियो । फाइनान्सले सञ्चालन नाफामा आकर्षक सुधार गरेको छ । गत वर्ष १० लाख २८ हजार रहेको सञ्चालन घाटा व्यहोरेकोमा यस वर्ष ४ करोड ३ लाख १२ हजार रुपैयाँ नाफा गर्न सफल भएको छ ।

साथै, यस त्रैमास सम्ममा ३ अर्व ८१ करोड ७६ लाख ५ हजार रुपैयाँ निक्षेप संकलन गरेर ३ अर्व ४६ करोड ७९ लाख ४४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । 

रिलायन्सको चक्ता पुँजी ७४ करोड ३२ लाख २९ हजार रुपैयाँ पुगेको छ । गत वर्ष भन्दा जगेडा कोषको रकममा सामान्य वृद्धि गरेर २६ करोड २८ लाख २८ हजार रुपैयाँमा पुर्याएको छ । गत वर्ष फाइनान्सले २५ करोड १३ लाख ७९ हजार रुपैयाँ जगेडा कोषमा राखेको थियो । 
 
रिलायन्सको खराव कर्जामा वृद्धि भएको छ  । गत वर्ष १.८५% रहेको खराब कर्जा यस वर्ष बढेर ३.४३% पुगेको छ । यसैगरी, यस फाइनान्सको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ६५ पैसा र प्रतिसेयर नेटवर्थ १३४ रुपैयाँ ७६ पैसा छ । 

रिलायन्स फाइनान्सको वित्तीय विवरण यहाँबाट हेर्नुहोस् ।

Post Your Comment