स्वाभिमान माइक्रोफाइनान्सलाई १ लाख ९८ हजार कित्ता आइपीओ बिक्री गर्न बोर्डको अनुमति

28 Apr,2019
  • ipo_1_10_2019_12_41_47.jpg
नेपाली पैसा
 
काठमाडौं : स्वाभिमान माइक्रोफाइनान्स वित्तीय संस्थाले आइपीओ बिक्री गर्न अनुमति पाएको छ । कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँको दरमा १ लाख ९८ हजार ६१० कित्ता सेयर बिक्री गर्न बोर्डले अनुमति दिएको हो । यसमा सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको छ ।
 
स्वाभिमानको केन्द्रीय कार्यालय रुपन्देहीको तिलोत्तमा–५ मा रहेको छ । पुस मसान्तसम्मको रिपोर्ट अनुसार यसको चुक्ता पुँजी ४ करोड २० लाख रुपैयाँ छ । आइपीओ बिक्रीपछि पुँजी ६ करोड १८ लाख ६१ हजार रुपैयाँ पुग्नेछ ।

Post Your Comment