Market Closed

रिलायन्स फाइनान्सले एकैपटक बोलायो २ आर्थिक वर्षको एजीएम, लाभांश कति ?

19 May,2019
  • Reliance-fininnce-Ltd_6___7_8_1_2018_11_39_24.jpg
नेपाली पैसा
 
काठमाडौं : रिलायन्स फाइनान्सले जेठ २७ गते वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७३।७४ र २०७४।७५ को साधारण सभा एकैपटक बोलाएको हो । रिलायन्सले आव २०७३।७४ को नाफाबाट १२% बोनस सेयर र कर तिर्न ०.६३% नगद लाभांश दिने प्रस्ताव पेश गर्नेछ । 
 
यसैगरी, आव २०७४।७५ को लाभांश वापत १२% बोनसपछि कायम हुने ८३ करोड २४ लाख १६ हजार रुपैयाँ चुक्ता पुँजीको कुल २.६३% नगद लाभांश वितरण गर्ने एजेन्डा पनि रहेको छ । अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव लैजानेछ ।
 
यता, सञ्चालक समितिमा प्रतिनिधित्व गर्न संस्थापक र सर्वसाधारण सेयरधनी समूहबाट ३–३ जना सञ्चालकको निर्वाचन गर्ने कार्यक्रम पनि रहेको छ । सभा गर्न कम्पनीले जेठ १३ देखि २७ गतेसम्म बुक क्लोज गर्ने भएको छ । जेठ १२ गतेसम्म कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउने छन् । सभा लैनचौर बैंक्वेट, लैनचौर काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
 

Post Your Comment