Market Closed

रिलायन्स फाइनान्सको २ वर्षको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

26 May,2019
  • Reliance-fininnce-Ltd_6___7_8_1_2018_11_39_24.jpg
नेपाली पैसा 

काठमाडौं : रिलायन्स फाइनान्सको लाभांश सुरक्षित गर्ने आइतबार (जेठ १२ गते) अन्तिम अवसर हो । कम्पनीले आर्थिक वर्ष २०७३।७४ र २०७४।७५ को साधारण सभा एकैपटक जेठ २७ गते बोलाएको छ । साधारण सभा प्रयोजनका लागि रिलायन्सले जेठ १३ देखि २७ गतेसम्म बुक क्लोज गर्दैछ ।

यसर्थ जेठ १२ गते आइतबारसम्म कायम सेयरधनीले मात्र यो लाभांश सुरक्षित गर्न सक्नेछन् । साधारण सभा लैनचौर बैंक्वेट, लैनचौर काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । रिलायन्सले आव २०७३।७४ को नाफाबाट १२% बोनस सेयर र कर तिर्न ०.६३% नगद लाभांश दिने प्रस्ताव पेश गर्नेछ । 
 
यसैगरी, आव २०७४।७५ को लाभांश वापत १२% बोनसपछि कायम हुने ८३ करोड २४ लाख १६ हजार रुपैयाँ चुक्ता पुँजीको कुल २.६३% नगद लाभांश वितरण गर्ने छ । रिलायन्सले अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव साधारण सभामा लैजानेछ ।
 
यता, सञ्चालक समितिमा प्रतिनिधित्व गर्न संस्थापक र सर्वसाधारण सेयरधनी समूहबाट ३–३ जना सञ्चालकको निर्वाचन गर्ने कार्यक्रम पनि छ । 

रिलायन्स फाइनान्सको साधारण सभासम्बन्धी थप जानकारी यहाँबाट हेर्नुहोस् । 

Post Your Comment