रिलायन्स फाइनान्सको १२% बोनस सेयरपछि कतिमा भयो मूल्य समायोजन ?

27 May,2019
  • Reliance-fininnce-Ltd_6___7_8_1_2018_11_39_24.jpg
नेपाली पैसा
 
काठमाडौं : रिलायन्स फाइनान्सको १२% बोनस सेयरमा मूल्य समायोजन भएको छ । मूल्य समायोजनपछि सोमबार यस फाइनान्सको सेयर कारोबार १२५ रुपैयाँ ८९ पैसालाई आधार मानेर खुलेको छ । यसको औसत आधार मूल्य भने १५० रुपैयाँ ९५ पैसा छ ।
 
रिलायन्सले जेठ २७ गते आर्थिक वर्ष २०७३/७४ र २०७४/७५ को वार्षिक साधारण सभा गर्दैछ । यसका लागि सोमबारदेखि बुक क्लोज भएको हो । सभामा आव २०७३/७४ को लाभांश वापत १२% बोनस र कर तिर्न ०.६३% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ ।
 
यस्तै, आर्थिक वर्ष २०७४/७५ को लभांश वापत १२% बोनसपछि कायम हुने ८३ करोड २४ लाख १६ हजार रुपैयाँ चुक्ता पुँजीको २.६३% नगद लाभांश वितरण गर्नेछ । सभाले सर्वसाधारण र संस्थापक सेयरधनी समूहबाट ३-३ जना सञ्चालकको निर्वाचन गर्नेछ ।

रिलायन्स फाइनान्सको साधारण सभासम्बन्धी थप जानकारी यहाँबाट हेर्नुहोस् । 

Post Your Comment