लाभांश अनुमोदन गर्न सोमबार बस्ने भयो रिलायन्सको एजीएम

05 Jun,2019
  • Reliance-fininnce-Ltd_6___7_8_1_2018_11_39_24.jpg
नेपाली पैसा 
 
काठमाडौं : रिलायन्स फाइनान्सले सोमबार (जेठ २७ गते) वार्षिक साधारण सभा बोलाएको छ । सभा लैनचौर बैंक्वेट, लैनचौर काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । कम्पनीले आर्थिक वर्ष २०७३।७४ र २०७४।७५ को साधारण सभा एकैपटक बोलाएको हो । रिलायन्सले आव २०७३।७४ को नाफाबाट १२% बोनस सेयर र कर तिर्न ०.६३% नगद लाभांश दिने प्रस्ताव पेश गर्नेछ । 
 
यसैगरी, आव २०७४।७५ को लाभांश वापत १२% बोनसपछि कायम हुने ८३ करोड २४ लाख १६ हजार रुपैयाँ चुक्ता पुँजीको कुल २.६३% नगद लाभांश वितरण गर्ने एजेन्डा पनि छ । अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव लैजानेछ ।
 
यता, सञ्चालक समितिमा प्रतिनिधित्व गर्न संस्थापक र सर्वसाधारण सेयरधनी समूहबाट ३–३ जना सञ्चालकको निर्वाचन गर्ने कार्यक्रम समेत छ । सभा गर्न कम्पनीले जेठ १३ देखि २७ गतेसम्म बुक क्लोज गरेको छ । जेठ १२ गतेसम्म कायम सेयरधनीले लाभांश पाउने छन् । 

रिलायन्स फाइनान्सको साधारण सभा सम्बन्धी विस्तृत जानकारी यो लिंकबाट लिनुहोस् । 

Post Your Comment