Market Closed

रिलायन्स फाइनान्सले खातामा पठाउन थाल्यो २.६३% नगद लाभांश

18 Jul,2019
  • Reliance-fininnce-Ltd_6___7_8_1_2018_11_39_24.jpg
नेपाली पैसा
 
काठमाडौं : रिलायन्स फाइनान्सले २.६३% नगद लाभांश सम्बन्धित सेयरधनीको बैंक खातामा जम्मा गर्न सुरु गरेको छ । कम्पनीले सेयर डिम्याट गराएका सेयरधनीको नगद लाभांश बिहीबारबाट खातामा पठाउन सुरु गरेको हो । 
 
यता, हालसम्म पनि डिम्याट खातामा बैंक खाता अद्यावधिक नगरेका सेयरधनीलाई खाता अद्यावधिक गर्न आग्रह गरेको छ । त्यसपछि मात्र नगद लाभांश बैंक खातामा जम्मा हुनेछ । रिलायन्सको जेठ २७ गते सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०७४÷७५ को नाफाबाट २.६३% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

Post Your Comment