रिलायन्सको बोनस सेयर नेप्सेमा सूचीकरण

19 Sep,2019
  • share_listing_9_19_2019_4_55_40.jpg
नेपाली पैसा 
 
काठमाडौं : रिलायन्स फाइनान्सको बोनस सेयर नेप्सेमा सूचीकरण भएको छ । रिलायन्सको ८ लाख ९१ हजार ८७४.३५ कित्ता बोनस सेयर सूचीृकत गरिएको हो । यससँगै बोनस सेयर दोस्रो बजारमार्फत किनबेच गर्न बाटो खुला भएको छ । रिलायन्स फाइनान्सकले १२% बोनस सेयर दिने प्रस्ताव जेठ २७ गते बसेको साधारण सभाबाट पारित गरेको थियो ।

बोनस वितरणपछि चुक्ता पुँजी ८३ करोड २२ लाख ९६ हजार रुपैयाँ पुगेको छ । रिलायन्सले गत आर्थिक वर्षको अन्त्यसम्ममा ६ करोड ६८ लाख ५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यस फाइनान्सको प्रतिसेयर आम्दानी ८ रुपैयाँ २६ पैसा र प्रतिसेयर नेटवर्थ ११८ रुपैयाँ १२ पैसा छ । 
 
 

Post Your Comment