Market Closed

माइक्रोफाइनान्स ‘क्रेज’, प्रगति पथमा को अगाडि ? (तथ्यांकहरु सहित )

03 May,2018
  • microfinance_new_5_3_2018_7_07_36.jpg
समिर गौतम
सोभित थपलिया 
 
काठमाडौं : माइक्रोफाइनान्स कम्पनीहरुको पनि तेस्रो त्रैमासिक वित्तीय विवरण धमाधम सार्वजनिक हुन थालेको छ । अहिलेसम्म १५ वटा माइक्रोफाइनान्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैसमाको रिपोर्ट बाहिर ल्याएका छन् । बाँकीको पनि आउने क्रम जारी छ । तेस्रो त्रैमासमा वित्तीय विवरण सार्वजनिक गरेका माइक्रोफाइनान्सहरुको प्रगति मध्यमस्तरको देखिएको छ ।

विवरण प्रकाशित गरेका १५ वटा कम्पनी मध्ये सबैभन्दा बढी निर्धन उत्थान बैंकले ३९ करोड ९१ लाख ५१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यस्तै, सबैभन्दा थोरै आशा लघुवित्त वित्तीय संस्थाको देखिएको छ । आशाले ४ लाख रुपैयाँ मात्र नाफा आर्जन गरेको छ । तर यो माइक्रोफाइनान्स नेप्सेमा भने सूचीकृत भएको छैन । आशाले बल्ल आइपीओ जारी गर्ने तयारी गर्दैछ ।



 
यता, जगेडा कोषमा भने रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टर सबैभन्दा अघि देखिएको छ । रुरलको जगेडा कोषमा १ अर्ब ३५ करोड ६९ लाख ८४ हजार रुपैयाँ छ । निर्धनको पनि जगेडा कोषमा १ अर्ब ८ करोड २३ लाख ५० हजार रुपैयाँ छ । यता, आइपीओ निष्कासन तयारीमा रहेको आशा लघुवित्तको जगेडा कोष १ करोड १० लाख ८ हजार रुपैयाँ नोक्सानमा देखिएको छ । 
 
निर्धन उत्थान बैंकको चुक्ता पुँजी १ अर्ब रुपैयाँ छ । यो पुँजी अन्य सबै लघुवित्तको भन्दा धेरै हो । रुरलको पनि पुँजी ७२ करोड ६७ लाख २३ हजार रुपैयाँ छ । यो अवधिमा आइपुग्दा माइक्रोफाइनान्सहरुको प्रतिसेयर आम्दानी पनि राम्रै देखिएको छ । नेसनल माइक्रोफाइनान्स वित्तीय संस्थाको प्रतिसेयर आम्दानी ६६ रुपैयाँ ५८ पैसा (वार्षिक) रहेको छ ।

यस्तै, मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेट बैंकको ६२ रुपैयाँ ८६ पैसा छ । यस अवधिमा प्रतिसेयर आम्दानी न्यून हुने माइक्रोफाइनान्सहरुमा आरएसडीसी लघुवित्त, सिभिल लघुवित्त वित्तीय संस्था, फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था रहेका छन् ।

आरएसडीसी लघुवित्तको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ५४ पैसा रहेको छ । यस्तै, सिभिलको १० रुपैयाँ ८ पैसा र फस्र्टको १४ रुपैयाँ २४ पैसा छ । तुलनात्मकरुपमा कम पुँजी र प्रतिसेयर आम्दानी धेरै भएका कारण माइक्रोफाइनान्सहरुको दोस्रो बजारमा सेयर भाउ उच्च रहँदै आएको छ । 
 
 
 
 

Post Your Comment