Market Closed

आरएमडीसी लघुवित्तको २५% लाभांश पाउन सेयरधनी बन्ने अन्तिम दिन कहिले ?

13 Dec,2019
  • 2_12_18_2018_11_30_47.jpg
नेपाली पैसा 

काठमाडौं : आरएमडीसी लघुवित्त वित्तीय संस्थाले पुस २३ गते साधारण सभा बोलाएको छ । संस्थाले २१ औं साधारण सभा अमृतभोग, कालिकास्थान, डिल्लीबजार, काठमाडौंमा बिहान ११ बजे बोलाएको छ । 

सभामा सञ्चालक समितिले प्रस्ताव गरेको २५% लाभांश वितरण गर्ने प्रस्तावलाई अनुमोदन गर्ने विशेष एजेन्डा रहेको छ । संस्थाले गत वर्षको नाफाबाट लगानीकर्तालाई १२.५% बोनस सेयर र १२.५% नै नगद गरी कुल २५% लाभांश वितरण गर्न लागेको हो । आरएमडीसीले सभा र लाभांशको लागि पुस ११ गतेदेखि पुस २३ गतेसम्म बुक क्लोज गर्ने भएको छ । तसर्थ, पुस १० गतेसम्म सेयर खरिद गर्ने लगानीकर्ताले सभामा सहभागि हुन र प्रस्तावित लाभांश हात पार्न सक्नेछन् । 

साथै, सभाले कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने एजेन्डा पनि छ । आर्थिक वर्ष २०७५–७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०७६–७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ । 

चालु आर्थिक वर्षको प्रथम त्रैमाससम्म आइपुग्दा खुद ७ करोड ३५ लाख ७ हजार रुपैयाँ कमाएको छ । यसको प्रतिसेयर आम्दानी ३६ रुपैयाँ ७८ पैसा र प्रतिसेयर नेटवर्थ ३११ रुपैयाँ १० पैसा रहेको छ ।
 

Post Your Comment