Market Closed

आरएमडीसीको ८१ हजार कित्ता संस्थापक सेयर बिक्री खुला, सर्वसाधारणले पनि पाउने

02 Jul,2020
  • auction_3_7_2_2020_10_00_42.jpg
नेपाली पैसा
 
काठमाडौं : ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले आज बिहीबार (असार १८ गते) बाट आफ्नो स्वामित्वमा रहेको आरएमडीसी लघुवित्तको संस्थापक सेयर बिक्री खुला गरेको छ । कम्पनीले ८१ हजार २९४ कित्ता संस्थापक सेयर बिक्री खुला गरेको हो । यसमा सर्वसाधारण लगानीकर्ताले पनि आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३२५ रुपैयाँ तोकिएको छ ।

सोही मूल्यलाई न्यूनतम आधार मानेर बोलकबोल गर्नुपर्नेछ । न्यूनतम १०० कित्ता र १० ले भाग जाने गरी अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सकिनेछ । यसमा प्रभु क्यापिटल कमलादी, काठमाडौं पुग्ने गरी आवेदन दिनुपर्नेछ । असार २४ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ ।
 
 
 
 

Post Your Comment