Market Closed

आरएमडीसी लघुवित्तको नाफामा आयो यस्तो संकुचन

02 Aug,2020
  • rmdc_8_2_2020_10_33_57.jpg
नेपाली पैसा

काठमाडौं : आरएमडीसी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमासमा २८ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । योे नाफा अघिल्लो वर्षको भन्दा १३.३८% ले थोरै हो । अघिल्लो वर्ष कम्पनीले ३२ करोड ९२ लाख रुपैयाँ नाफा कमाएको थियो। चौथो त्रैमाससम्म कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमशः ५.२८% र ६.२८% ले घटेको छ ।

अघिल्लो वर्ष ४८ करोड ५९ लाख रुपैयाँ खुद ब्याज आम्दानी कमाएको कम्पनीले गत वर्षको चौथो त्रैमासमा ४६ करोड २ लाख ७४ हजार रुपैयाँ मात्र खुद ब्याज आम्दानी कमाएको छ । यस्तै, सञ्चालन नाफा पनि ४८ करोड २५ लाख रुपैयाँबाट घटेर ४५ करोड २२ लाख रुपैयाँमा सिमित भएको छ । ब्याज आम्दानी र सञ्चालन नाफा दुवैमा संकुचन आउँदा समग्र खुद नाफामा असर परेको हो । 
 
असार मसान्तसम्म कम्पनीले ८ अर्ब ६ करोड ८३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । हाल आरएमडीसीको चुक्ता पुँजी ८९ करोड ९३ लाख रुपैयाँ रहेको छ भने, रिजर्भ कोषमा १ अर्ब ६९ करोड ९९ लाख रहेको छ । यसको प्रतिसेयर आम्दानी ३१ रुपैयाँ ७१ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ २८९ रुपैयाँ ०३ पैसा छ । 
 

Post Your Comment