Market Closed

आरएमडीसी लघुवित्तको २०% लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

22 Nov,2020
  • rmdc_8_2_2020_10_33_57_11_22_2020_10_55_45.jpg
नेपाली पैसा

काठमाडौं  : आरएमडीसी लघुवित्त वित्तीय संस्थाको २०% लाभांश  सुरक्षित गर्ने आज मंसिर ७ गते) अन्तिम दिन हो । मंसिर २२ गते वार्षिक साधारण सभा बोलाएको कम्पनीले सोमबार (मंसिर ८ गते) बाट मंसिर २२ गतेसम्म बुक क्लोज गर्दैछ । यसर्थ, आजसम्म सेयर खरिद गरी कायम रहने लगानीकर्ताले सभामा भाग लिन र लाभांश दाबी गर्न पाउने छन् । 
 
कम्पनीले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट १५% बोनस र कर प्रयोजनका लागि ५% नगद लाभांश वितरण गर्न लागेको हो । कम्पनीले १३ करोड ४८ लाख ९८ हजार ५१३ रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । यस्तै, ४ करोड ४९ लाख ६६ हजार १७१ रुपैयाँ नगद बाँड्नेछ । यसैगरी, गत आवको नाफा नोक्सान हिसाबमाथि छलफल गरी पारित गर्नेछ । लेखापरिक्षक नियुक्त गर्ने एजेन्डा पनि छ ।
 
सभा संस्थाको रजिष्टर्ड कार्यालय, पुतलीसडक काठमाडौंमा बिहान ११ भर्चुअल माध्यमबाट सुरु हुनेछ । हाल आरएमडीसीको हाल चुक्ता पुँजी ८९ करोड ९३ लाख २३ हजार ४२५ रुपैयाँ रहेको छ । प्रस्तावित बोनस सेयर वितरणपछि पुँजी १ अर्ब ३ करोड ४२ लाख रुपैयाँ पुग्नेछ ।
 

Post Your Comment