Market Closed

रुरल माइक्रोफाइनान्सको ८७ हजार ५६४ कित्ता सेयर लिलामी भर्ने आज अन्तिम दिन

10 Sep,2017
  • rural-microfinance-development-centre-ltd_9_10_2017_10_39_47.jpg
नेपाली पैसा
 
काठमाडौं : नेपाल ग्रामीण विकास बैंकको स्वामित्वमा रहेको रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टरको ८७ हजार ५६४.७४ कित्ता सेयर लिलामी भर्ने आइतबार (आज) अन्तिम दिन हो । यसआधारमा, आइतबार कार्यलय समयसम्म मात्र यो लिलामीमा आवेदन दिन सकिनेछ । रुरलले भदौ १५ गतेदेखि ८७ हजार ५६४.७४ कित्ता संस्थापक सेयर लिलामीमा बिक्री खुला गरेको हो । यसमा सेयरको न्यूनतम मूल्य ४०१ रुपैयाँ राखिएकाले त्यसभन्दा बढी भाउ तोकेर बोलपत्र पेस गर्नुपर्नेछ । यसअघि, रुरलले असार १२ गतेदेखि १९ गतेसम्म ५०१ रुपैयाँ मूल्य तोकेर सर्वसाधारणले भर्न पाउने गरी लिलामीमा सेयर बिक्री खुला गरेको थियो । त्यो समयभित्र १ हजार कित्तामात्र सेयर बिक्री भएपछि रुरलले बाँकी रहेको सेयरमा १०० रुपैयाँ कम गरी पुनः लिलामीमा ल्याएको हो ।
 
लिलामी सेयरमा आवेदकले आफूले किन्न चाहेको सेयर संख्या तथा आफूले कबोल गरेको कित्ता दर लेख्नुपर्नेछ । बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्ता वा सो भन्दा बढीको लागि १० अंकले भाग जाने संख्यामा आवेदन दिन सकिनेछ । यो लिलामीमा एनएमबी क्यापिटल लिमिटेड, नागपोखरी काठमाडौंमा पुग्ने गरी आवेदन फारम बुझाउनु पर्नेछ । बोलपत्र सोमबार अपरान्ह ४ बजे एनएमबी क्यापिटल लिमिटेड, नागपोखरी काठमाडौंमा खोलिनेछ । रुरलको बिक्री प्रबन्धकको काम एनएमबी क्यापिटलले काम गरेको हो । हाल रुरलको चुक्ता पुँजी ६९ करोड २१ लाख २० हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको चौथो त्रैमासमा रुरलले २१ करोड १३ लाख ८३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । रुरलको प्रतिसेयर आम्दानी ३० रुपैयाँ ५४ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ २९० रुपैयाँ ५ पैसा रहेको छ ।

Post Your Comment