Market Closed

रुरल माइक्रोफाइनान्सको पुस २८ मा एजीएम, २०% लाभांश पाउन कहिलेसम्म बन्ने सेयरधनी ?

13 Dec,2017
  • rural-microfinance-development-centre_1_12_13_2017_11_55_28.jpg
नेपाली पैसा
 
काठमाडौं : रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टरले २०% लाभांश पारित गर्न पुस २८ गते वार्षिक साधारण सभा बोलाएको छ । रुरलले चुक्ता पुँजी ६९ करोड २१ लाख २० हजार रुपैयाँको ५% बोनस र १५% नगद गरी कुल २०% लाभांश दिने प्रस्ताव गर्न लागेको हो । यसैगरी, कम्पनीको नाम संशोधनसहित प्रबन्धपत्र तथा नियमावलीका केही व्यवस्था संशोधन गर्ने प्रस्ताव सभामा पेश हुनेछ । सभामा सर्वसाधारण सेयरधनीको तर्फबाट २ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि लगिनेछ । साधारण सभा गर्न कम्पनीले पुस ७ देखि २८ गतेसम्म बुक क्लोज गर्ने भएको छ । पुस ६ गतेसम्म कायम सेयरधनीले मात्र कम्पनीले दिने लाभांश पाउनेछन् । सभा युनाइटेड वल्र्ड ट्रेड सेन्टर, त्रिपुरेश्वर काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । रुरलले ५% बोनस सेयर दिएपछि चुक्ता पुँजी ७२ करोड ६७ लाख २६ हजार रुपैयाँ पुर्याउनेछ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५ करोड ७७ लाख ६७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी ३३ रुपैयाँ ३९ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ २८३ रुपैयाँ ५६ पैसा छ ।
 
 
 

Post Your Comment