Market Closed

रिलायबल माइक्रोफाइनान्सले २० प्रतिशत नगद अनि ५० प्रतिशत हकप्रद दिंदै

26 Sep,2016
  • reliable_microfinance_bittiya_sanstha_resize_9_27_2016_4_07_17.jpg
नेपाली पैसा 
काठमाडौं : रिलायबल माइक्रोफाइनान्स वित्तीय संस्थाले लगानीकर्तालाई २० प्रतिशत नगद लाभांश दिने भएको छ । 
 
कम्पनीको आइतबार बसेको सञ्चालक समिति बैंठकले गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्तालाई २० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । 
 
सोही बैठकले चुक्ता पुँजी वृद्धि गर्न ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय पनि गरेको छ । सञ्चालक समितिको निर्णयलाई नियामक निकायहरूबाट अनुमोदन गराउनुपर्छ ।

रिलायबलको चुक्ता पुँजी पाँच करोड ६५ लाख रूपैयाँ छ । ५० प्रतिशत हकप्रद जारी गरेपछि चुक्ता पुँजी आठ करोड ४७ लाख ५० हजार रूपैयाँ पुग्नेछ ।  

Post Your Comment