Market Closed

आरएसडीसी लघुवित्तको ६०% हकप्रदमा कहिले हुने भयो बुक क्लोज ?

27 May,2018
  • RSDC-laghubitta-bittiya-sanstha-Ltd_5_27_2018_11_50_08.jpg
नेपाली पैसा
 
काठमाडौं : आरएसडीसी लघुवित्त वित्तीय संस्थाले ६०% हकप्रद निष्कासनका लागि जेठ २२ गते बुक क्लोज गर्ने भएको छ । अब जेठ २१ गतेसम्म कायम रहेका सेयरधनीले मात्र यो हकप्रदमा आवेदन दिन सक्नेछन् । आरएसडीसीले ५ः३ अनुपातमा २१ लाख ५९ हजार ७०० कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति पाइसकेको छ ।
 
यसमा बिक्री प्रबन्धकको एनआइबीएल एस क्यापिटलले गर्नेछ । हाल कम्पनीको चुक्ता पुँजी ३५ करोड ९९ लाख ५९ हजार रुपैयाँ रहेको छ । कम्पनीले यही पुँजीबाट ६०% हकप्रद बिक्री गर्न लागेको हो । हकप्रदपछि भने चुक्ता पुँजी ५७ करोड ५९ लाख २० हजार रुपैयाँ पुग्नेछ । 
 
चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा आरएसडीसीले २ करोड ३० लाख ६७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी ८ रुपैयाँ ५४ पैसा रहेको यस कम्पनीको प्रतिसेयर नेटवर्थ भने १३२ रुपैयाँ ४१ पैसा छ ।

Post Your Comment