Market Closed

आरएसडीसी लघुवित्तको ६०% हकप्रद सुरक्षित गर्ने सोमबार अन्तिम दिन

04 Jun,2018
  • RSDC-laghubitta-bittiya-sanstha-Ltd_6_4_2018_11_50_41.jpg
नेपाली पैसा
 
काठमाडौं : आरएसडीसी लघुवित्त वित्तीय संस्थाको ६०% हकप्रद सुरक्षित गर्ने सोमबार (जेठ २१ गते) अन्तिम दिन हो । हकप्रद सेयर निष्कासन गर्न कम्पनीले मंगलबार (जेठ २२ गते) बुक क्लोज गर्दैछ । बुक क्लोज हुनुभन्दा अघिल्लो दिनसम्म कायम सेयरधनीले मात्र हकप्रद भर्न पाउने हुँदा सोमबार नै आरएसडीसीको सेयर किनिसक्नुपर्नेछ । 
 
आरएसडीसीले ६०% हकप्रद निष्कासन गर्न धितोपत्र बोर्डबाट अनुमति पनि पाइसकेको छ । कम्पनीले अब छिट्टै हकप्रद निष्कासन प्रक्रिया पनि अघि बढाउने छ । आरएसडीसीले ५ः३ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँको दरले २१ लाख ५९ हजार ७०० कित्ता हकप्रद सेयर बिक्री गर्न लोगेको हो । यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गर्नेछ ।
 
हाल कम्पनीको चुक्ता पुँजी ३५ करोड ९९ लाख ५९ हजार रुपैयाँ रहेको छ । यही पुँजीको ६०% हकप्रद बिक्री गरिसकेपछि भने चुक्ता पुँजी ५७ करोड ५९ लाख २० हजार रुपैयाँ पुग्नेछ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा आरएसडीसीले २ करोड ३० लाख ६७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी ८ रुपैयाँ ५४ पैसा रहेको यस कम्पनीको प्रतिसेयर नेटवर्थ भने १३२ रुपैयाँ ४१ पैसा छ ।

Post Your Comment