Market Closed

आरएसडिसी लघुवित्तको नाफामा आकर्षक वृद्धि हुँदा अन्य सूचक कस्तो ?

13 Nov,2019
  • RSDC-laghubitta-bittiya-sanstha-Ltd_8_5_2018_10_35_31.jpg
नेपाली पैसा

काठमाडौं : आरएसडिसी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा खुद नाफामा आकर्षक वृद्धि गरेको छ । यसअवधिमा खुद नाफा ७५.१४% ले बढेर २ करोड २८ लाख १५ हजार रुपैयाँ पुगेको छ । गत वर्ष यसै अवधिमा खुद नाफा १ करोड ३० लाख २६ हजार रुपैयाँ रहेको थियो ।

असोज मसान्तसम्म आइपुग्दा खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमशः ५०.०६% र ७६.०४% ले बढेको छ । यसले पनि खुद नाफा बढ्न टेवा पुगेको हो । यता, खुद नाफा बढेसँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । प्रतिसेयर आम्दानी ६ रुपैयाँ १९ पैसाले बढेर १४ रुपैयाँ ४१ पैसा भएको छ । प्रतिसेयर नेटवर्थ ११४ रुपैयाँ २९ पैसा रहेको छ । यसको जगेडा कोष भने २३.४३% ले घटेको छ । 

संस्थाले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई १६% लाभांश दिने प्रस्ताव गरेको छ । जसमध्ये ६% बोनस सेयर र १०% नगद लाभांश रहेको छ । उक्त लाभांश पारित गर्न मंसिर १३ गते साधारण सभा बोलाएको छ । साथै, संस्थाले आवश्यकता अनुसार मर्ज तथा एक्विजिसनमा जान समिति पनि गठन गरेको छ । 


Post Your Comment