नेपाली पैसा
काठमाडौं : आरएसडीसी लघुवित्त वित्तीय संस्थाले ३.६३% नगद लाभांश सेयरधनीको बैंक खातामा पठाइदिएको छ । कम्पनीले पुस ९ गतेसम्म डिम्याट खाता र बैंक खाता अद्यावधिक गरेका सेयरधनीको खातामा नगद जम्मा गरिदिएको हो । त्यस्तै, सो मितिपछि बैंक खाता अद्यावधिक गर्नेहरुको हकमा पनि नगद जम्मा गर्ने तयारी भइरहेको कम्पनीको भनाई छ ।
यता, आरएसडीसीले नगद लाभांश खातामा नआएका सेयरधनीलाई डिम्याट खाता र बैंक खाता अपडेट गर्न भनेको छ । अपडेट गरेपछि लाभांश पाइनेछ । कम्पनीको पुस २४ गते सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट ९% बोनस सेयर र ३.६३% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।