Market Closed

सबैको लघुवित्तको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

21 Jul,2019
  • ipo_new_new_7_8_2019_10_24_52.jpg
नेपाली पैसा 
 
काठमाडौं : सबैको लघुवित्त वित्तीय संस्थाको आइपीओ भर्ने आइतबार (साउन ५ गते) अन्तिम दिन हो । माग भन्दा बढी आवेदन परेपछि आइतबारदेखि नै आइपीओ बन्द गर्न लागिएको हो । यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गरेको छ । सबैको लघुवित्तले साउन १ गतेदेखि ५ लाख ३० हजार कित्ता आइपीओ निष्कासन गरेको हो ।

यसमध्ये ०.५% (८ हजार २५० कित्ता) कम्पनीका कर्मचारी र ५% (२६ हजार ५०० कित्ता) सेयर सामूहिक लगानी कोषहरुलाई छुट्याइएको छ । बाँकी ४ लाख ९५ हजार २५० कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १ हजार रुपैयाँको १० कित्ताका लागि पनि आवेदन दिन सक्नेछन् । अधिकतम २ हजार कित्तासम्म भर्न पाइनेछ । सी–आस्वाको माध्यमबाट आवेदन दिन सकिन्छ ।

आइपीओबाट जम्मा भएको रकममध्ये २ करोड ५० लाख रुपैयाँ कृषि तथा पशुपालन, १ करोड ८० लाख रुपैयाँ खुद्रा व्यापार र १ करोड रुपैयाँ घरेलु उद्योग कर्जामा उपयोग गरिने कम्पनीले जनाएको छ । आइपीओ बिक्रीपछि यसको चुक्ता पुँजी १६ करोड ५० लाख रुपैयाँ पुग्नेछ ।
 
कम्पनीले चालु आर्थिक वर्षको अन्त्यसम्म २ करोड ८२ लाख ७४ हजार रुपैयाँ खुद नाफा कमाउने प्रक्षेपण गरेको छ । यस्तै, आव २०७६।७७ मा ४ करोड ७२ लाख ८२ हजार र आव २०७७।७८ मा ५ करोड ४२ लाख १० हजार रुपैयाँ खुद नाफा कमाउने अनुमान रहेको छ ।

Post Your Comment