Market Closed

सबैको लघुवित्तमा माग भन्दा १०.५२ गुणा बढी आवेदन, कतिले भरे सेयर ?

21 Jul,2019
  • ipos_7_4_2_8_10_2018_1_28_22.jpg
नेपाली पैसा
 
काठमाडौं : सबैको लघुवित्त वित्तीय संस्थाको आइपीओमा ५२ लाख २५ हजार २२० कित्ताका लागि आवेदन परेको छ । बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलका अनुसार आइतबार दिउँसोसम्म कुल २ लाख ८० हजार ५०० जना लगानीकर्ताले ५२ करोड २५ लाख २२ हजार रुपैयाँ बराबरको आइपीओका लागि आवेदन दिएका छन् । हालसम्म माग भन्दा १०.५२ गुणा बढी आवेदन परेको छ । यस आइपीओमा आवेदन दिने म्याद पनि आइतबार (साउन ५ गते) नै अन्तिम दिन हो ।
 
सबैको लघुवित्तले बुधबार (साउन १ गते) देखि ५ लाख ३० हजार कित्ता आइपीओ निष्कासन गरेको हो । यसमध्ये ०.५% (८ हजार २५० कित्ता) कम्पनीका कर्मचारी र ५% (२६ हजार ५०० कित्ता) सेयर सामूहिक लगानी कोषहरुलाई छुट्याइएको छ । बाँकी ४ लाख ९५ हजार २५० कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
 
लगानीकर्ताले न्यूनतम १ हजार रुपैयाँको १० कित्ताका लागि पनि आवेदन दिन सक्नेछन् । अधिकतम २ हजार कित्तासम्म भर्न पाइनेछ । सी–आस्वाको माध्यमबाट आवेदन दिन सकिन्छ । यो आइपीओको बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गरेको छ । आइपीओबाट जम्मा भएको रकममध्ये २ करोड ५० लाख रुपैयाँ कृषि तथा पशुपालन, १ करोड ८० लाख रुपैयाँ खुद्रा व्यापार र १ करोड रुपैयाँ घरेलु उद्योग कर्जामा उपयोग गरिने कम्पनीले जनाएको छ । आइपीओ बिक्रीपछि यसको चुक्ता पुँजी १६ करोड ५० लाख रुपैयाँ पुग्नेछ ।
 
कम्पनीले चालु आर्थिक वर्षको अन्त्यसम्म २ करोड ८२ लाख ७४ हजार रुपैयाँ खुद नाफा कमाउने प्रक्षेपण गरेको छ । यस्तै, आव २०७६।७७ मा ४ करोड ७२ लाख ८२ हजार र आव २०७७।७८ मा ५ करोड ४२ लाख १० हजार रुपैयाँ खुद नाफा कमाउने अनुमान रहेको छ ।

Post Your Comment