Market Closed

सबैको लघुवित्तमा ११.५६ गुणा बढी पर्यो आवेदन, लगानीकर्ता कति ?

22 Jul,2019
  • ipos_7_4_2_8_10_2018_1_28_22.jpg
नेपाली पैसा
 
काठमाडौं : सबैको लघुवित्त वित्तीय संस्थाको आइपीओमा कुल ५७ लाख २५ हजार ७१० कित्ताका लागि आवेदन परेको अन्तिम विवरण आएको छ । बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलका अनुसार ३ लाख ५ हजार ७७६ जना लगानीकर्ताले ५७ करोड २५ लाख ७१ हजार रुपैयाँ बराबरको आइपीओका लागि आवेदन दिएका छन् । यसमा अयोग्य भएको आवेदन रद्द गर्ने काम बाँकी रहेको बिक्री प्रबन्धकले जनाएको छ ।
 
अन्तिम विवरणका आधारमा यो आइपीओमा माग भन्दा ११.५६ गुणा बढी आवेदन परेको छ । सबैको लघुवित्तले गत साउन १ गतेदेखि ५ गतेसम्म ५ लाख ३० हजार कित्ता आइपीओ निष्कासन गरेको हो । यसमध्ये ०.५% (८ हजार २५० कित्ता) कम्पनीका कर्मचारी र ५% (२६ हजार ५०० कित्ता) सेयर सामूहिक लगानी कोषहरुलाई छुट्याइएको छ । बाँकी ४ लाख ९५ हजार २५० कित्ता सेयरमा सर्वसाधारणलाई बिक्री गरिएको हो ।
 
आइपीओबाट जम्मा भएको रकममध्ये २ करोड ५० लाख रुपैयाँ कृषि तथा पशुपालन, १ करोड ८० लाख रुपैयाँ खुद्रा व्यापार र १ करोड रुपैयाँ घरेलु उद्योग कर्जामा उपयोग गरिने कम्पनीले जनाएको छ । आइपीओ बिक्रीपछि यसको चुक्ता पुँजी १६ करोड ५० लाख रुपैयाँ पुग्नेछ ।
 
कम्पनीले चालु आर्थिक वर्षको अन्त्यसम्म २ करोड ८२ लाख ७४ हजार रुपैयाँ खुद नाफा कमाउने प्रक्षेपण गरेको छ । यस्तै, आव २०७६।७७ मा ४ करोड ७२ लाख ८२ हजार र आव २०७७।७८ मा ५ करोड ४२ लाख १० हजार रुपैयाँ खुद नाफा कमाउने अनुमान रहेको छ ।

Post Your Comment