Market Closed

सबैको लघुवित्तको आइपीओ बिहीबार बाँडफाँट हुँदै

24 Jul,2019
  • ipo_new_new_7_8_2019_10_24_52.jpg
नेपाली पैसा
 
काठमाडौं : सबैको लघुवित्त वित्तीय संस्थाको आइपीओ बिहीबार (साउन ९ गते) बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलका अनुसार बिहीबार बिहान १० बजे आफ्नै कार्यलयमा आइपीओ बाँडफाँट गर्ने तय भएको छ । यो आइपीओमा ३ लाख ५ हजार ७७६ जना लगानीकर्ताले कुल ५७ लाख २५ हजार ७१० कित्ताका लागि आवेदन दिएका छन् ।
 
सबैको लघुवित्तले गत साउन १ गतेदेखि ५ गतेसम्म ५ लाख ३० हजार कित्ता आइपीओ निष्कासन गरेको हो । यसमध्ये ०.५% (८ हजार २५० कित्ता) कम्पनीका कर्मचारी र ५% (२६ हजार ५०० कित्ता) सेयर सामूहिक लगानी कोषहरुलाई छुट्याइएको छ । बाँकी ४ लाख ९५ हजार २५० कित्ता सेयर सर्वसाधारणलाई बिक्री गरिएको हो ।
 
कम्पनीले आइपीओबाट जम्मा भएको रकममध्ये २ करोड ५० लाख रुपैयाँ कृषि तथा पशुपालन, १ करोड ८० लाख रुपैयाँ खुद्रा व्यापार र १ करोड रुपैयाँ घरेलु उद्योग कर्जामा उपयोग गरिने कम्पनीले जनाएको छ । आइपीओ बिक्रीपछि यसको चुक्ता पुँजी १६ करोड ५० लाख रुपैयाँ पुग्नेछ ।
 
कम्पनीले चालु आर्थिक वर्षको अन्त्यसम्म २ करोड ८२ लाख ७४ हजार रुपैयाँ खुद नाफा कमाउने प्रक्षेपण गरेको छ । यस्तै, आव २०७६।७७ मा ४ करोड ७२ लाख ८२ हजार र आव २०७७।७८ मा ५ करोड ४२ लाख १० हजार रुपैयाँ खुद नाफा कमाउने अनुमान रहेको छ । 

Post Your Comment