Market Closed

सबैको लघुवित्तको आइपीओ बाँडफाँट, ४९ हजार ५२५ जनाले पाए सेयर

26 Jul,2019
  • 1_7_26_2019_10_20_12.jpg
नेपाली पैसा
 
काठमाडौं : सबैको लघुवित्त वित्तीय संस्थाको आइपीओ शुक्रबार बाँडफाँट भएको छ । आइपीओमा रितपूर्वक आवेदन दिएका ३ लाख १ हजार ७३८ जना आवेदकमध्ये ४९ हजार ५२५ जनाले सेयर पाएका छन् । उनीहरुलाई गोलाप्रथाको माध्यमबाट १० कित्ताको दरले सेयर दिइएको हो । आइपीओमा ४५४ जनाको आवेदन रद्द भएको छ ।
 
सबैको लघुवित्तले गत साउन १ गतेदेखि ५ गतेसम्म ५ लाख ३० हजार कित्ता आइपीओ निष्कासन गरेको हो । यसमध्ये ०.५% (८ हजार २५० कित्ता) कम्पनीका कर्मचारी र ५% (२६ हजार ५०० कित्ता) सेयर सामूहिक लगानी कोषहरुलाई छुट्याइएको छ । बाँकी ४ लाख ९५ हजार २५० कित्ता सेयरमा सर्वसाधारणलाई बिक्री गरिएको हो ।

Post Your Comment