Market Closed

सबैको लघुवित्तको एसएबिएसएल संकेतबाट कारोबार खुला, यस्तो छ ओपन रेन्ज ?

22 Aug,2019
  • open_8_22_2019_11_21_43.jpg
नेपाली पैसा
 
काठमाडौं : सबैको लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार सुरु भएको छ । नेप्सेले सबैको लघुवित्तको सेयर कारोबारका लागि १००.८८ रुपैयाँदेखि ३०२.६४ रुपैयाँसम्म ओपन रेन्ज दिएको छ । यो लघुवित्तको बिहीबार पहिलो सेयर कारोबार सोही रेन्जभित्र रहेर हुनेछ । सेयर कारोबारका लागि यस लघुवित्तले एसएबिएसएल  () संकेत पाएको छ । 
 
कम्पनीले बुधबार १६ लाख ५० हजार कित्ता सेयर नेप्सेमा सूचीकरण गराएको थियो । आफ्नो चुक्ता पुँजीका आधारमा कायम भएको सेयर सूचीकृत गराएको हो । सबैको लघुवित्तले साउन १ देखि ५ गतेसम्म बिक्री गरेको ५ लाख ३० हजार कित्ता आइपीओ पनि सूचीकरण गराएको हो । कम्पनीले गत आर्थिक वर्षका चौथो त्रैमासमा ३ करोड १२ लाख १७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । 
 

Post Your Comment