सबैको लघुवित्तको १३% बोनस घोषणा, आइपीओ लगत्तै लाभांश

16 Sep,2019
  • bonus_img_9_16_2019_11_05_08.jpg
नेपाली पैसा
 
काठमाडौं : सबैको लघुवित्त वित्तीय संस्थाले १३% बोनस सेयर दिने भएको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समिति बैठकले उक्त बोनस सेयर दिने निर्णय गरेको हो । यसैगरी, बोनसमा लाग्ने कर तिर्न ०.६८% नगद लाभांश पनि दिनेछ । सबैको लघुवित्तले गत साउनमा आइपीओ जारी गरेको थियो । आइपीओपछिको यो पहिलो लाभांश हो । 
 
यसर्थ, कम्पनीले २ करोड १४ लाख ५० करोड रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । त्यस्तै, ११ लाख २८ हजार ९४७ रुपैयाँ नगद बाँड्नेछ । सञ्चालक समितिको निर्णय अनुमोदनका लागि नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभामा पेश गरिने कम्पनीले जनाएको छ । हाल सबैको लघुवित्तको चुक्ता पुँजी १६ करोड ५० लाख रुपैयाँ रहेको छ । बोनस वितरण पश्चात पुँजी १८ करोड ६४ लाख ५० हजार रुपैयाँ पुग्नेछ ।

 

Post Your Comment