Market Closed

सांग्रिलाको ११.८% लाभांश सुरक्षित गर्ने आइतबार अन्तिम दिन, एजीएम कहिले ?

17 Jun,2018
  • shangrila-development-bank-Ltd_6_17_2018_11_09_12.jpg
नेपाली पैसा
 
काठमाडौं : सांग्रिला डेभलपमेन्ट बैंकको ११.८% लाभांश सुरक्षित गर्ने आइतबार (असार ३ गते) अन्तिम दिन हो । असार १७ मा साधारण सभा गर्नको लागि बैंकले सोमबार (असार ४ गते) देखि बुक क्लोज गर्दैछ । बुक क्लोज हुनुभन्दा अघि कायम सेयरधनी मात्र लाभांशको हकदार हुनेछन् । सभामा २.५०% बोनस सेयर र ९.३०% नगद लाभांश वितरण गर्ने प्रस्ताव रहेको छ ।
 
त्यस्तै, बोनसपछि चुक्ता पुँजी वृद्धि हुने भएकाले सोही बमोजिम नियमावली संशोधन गर्ने एजेन्डा पनि रहनेछ । आर्थिक वर्ष २०७३–७४ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव पनि छ । सभा अमृतभोक कालिकास्थान काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुँदैछ ।
 
आर्थिक वर्ष २०७४÷७५ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने पनि सभामा एजेन्डा पेश हुँदैछ । बैंकले हाल कायम चुक्ता पुँजी २ अर्ब ४४ करोड ५२ लाख ५४ हजार ६०० रुपैयाँको २.५०% बोनस दिन लागेको हो । बोनसपछि यस बैंकको चुक्ता पुँजी २ अर्ब ५० करोड ६३ लाख रुपैयाँ भन्दा धेरै हुनेछ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकले २५ करोड ६ लाख ८४ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

Post Your Comment