Market Closed

सांग्रिलाको साधारण सभा आज, २.५०% बोनस र ९.३०% नगद प्रस्तावमा छलफल

01 Jul,2018
  • shangrila-development-bank-Ltd_7_1_2018_11_58_44.jpg
नेपाली पैसा
 
काठमाडौं : सांग्रिला डेभलपमेन्ट बैंकको वार्षिक साधारण सभा आइतबार बिहान ११ बजे सुरु भएको छ । सभामा २.५०% बोनस सेयर र ९.३०% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश भएको छ । यसैगरी, बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्तावमा पनि छलफल हुँदैछ ।
 
सांग्रिलाले साधारण सभा गर्न असार ४ गतेदेखि आइतबारसम्म बुक क्लोज गरेको छ । असार ३ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन र लाभांश पाउन सक्नेछन् ।
 
बैंकले हाल कायम चुक्ता पुँजी २ अर्ब ४४ करोड ५२ लाख ५४ हजार ६०० रुपैयाँको २.५०% बोनस दिन लागेको हो । बोनसपछि यस बैंकको चुक्ता पुँजी  २ अर्ब ५० करोड ६३ लाख रुपैयाँ भन्दा धेरै हुनेछ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकले २५ करोड ६ लाख ८४ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

Post Your Comment