Market Closed

साधना लघुवित्तको १००% हकप्रद आउँदै : शनिबार एजीएम बस्ने, के–के छन् एजेन्डा ?

11 Jan,2019
  • right_sharen_1_11_2019_3_15_03.jpg
नेपाली पैसा 
 
काठमाडौं : साधना लघुवित्त वित्तीय संस्थाले शनिबार (पुस २८ गते) दोस्रो वार्षिक साधारण सभा बोलाएको छ । साधनाले १००% हकप्रद निष्कासन गर्ने विशेष प्रस्ताव सभामा लैजानेछ । कम्पनीले हाल कायम चुक्ता पुँजी ४ करोड ९० लाख रुपैयाँबाट १००% हकप्रद जारी गर्न लागेको हो । 
 
कम्पनीको अधिकृत पुँजी २० करोड र जारी पुँजी १४ करोड ४३ लाख ३० हजार रुपैयाँ पुर्याउने प्रस्ताव पनि पेश हुनेछ । साधारण सभा होटल गोरखा बिसौनी, गोरखामा बिहान ११ बजे सुरु हुनेछ । सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम पुँजी वृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि रहनेछ ।
 
आर्थिक वर्ष २०७४–७५ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा पनि छलफल हुनेछ । आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि राखिनेछ । हाल यस कम्पनीको चुक्ता पुँजी ४ करोड ९० लाख रुपैयाँ छ । हकप्रद बिक्रीपछि साधनाको चुक्ता पुँजी ९ करोड ८० लाख रुपैयाँ पुग्नेछ । 

Post Your Comment