Market Closed

साधना लघुवित्तको आइपीओ कहिले हुन्छ बाँडफाँट ? यसो भन्छ बिक्री प्रबन्धक

12 Jul,2020
  • ipos_n_7_12_2020_1_35_31.jpg
नेपाली पैसा 
 
काठमाडौं : साधना लघुवित्त वित्तीय संस्थाको आइपीओ सोमबार (असार २९ गते) बाँडफाँट गर्ने प्रारम्भिक तयारी गरिएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार सोमबार बाँडफाँट गर्ने सम्भावना छ । बिक्री प्रबन्धकका अनुसार आज आइतबार प्रिअलोटमेन्ट गर्ने कार्यक्रम छ । अहिलेको तयारी अनुसार सबै काम पूरा भएमा सोमबार नै बाँडफाँट गरिनेछ । त्यो सम्भव नभए मंगलबार वा बुधबार हुनेछ । माग भन्दा बढी आवेदन परेकाले सेयर पाउन भाग्यमै पर पर्नुपर्नेछ । गोलाप्रथाबाट सेयर बाँडफाँट हुनेछ ।

साधनाको आइपीओमा कुल १ अर्ब १२ करोड ५९ लाख ८५ हजार रुपैयाँको आवेदन परेको छ । ४ लाख ५८ हजार ६४३ जनाले १ करोड १२ लाख ५९ हजार ८५० कित्ताका लागि आवेदन दिएका हुन् । यो मागको तुलनामा १७.०२ गुणा बढी हो । यस कम्पनीले असार २१ गतेबाट ७ करोड ७ लाख ८० हजार रुपैयाँ बराबरको ७ लाख ७ हजार ८०० कित्ता आइपीओ बिक्री खुला गरेको हो । यसमध्ये ०.५०% अर्थात १० हजार ८९० कित्ता कर्मचारीलाई छुट्याइएको थियो ।

यस्तै, ५% अर्थात ३५ हजार ३९० कित्ता सामूहिक लगानी कोषलाई दिइएको छ । बाँकी रहेको ६ लाख ६१ हजार ५२० कित्ता सर्वसाधारणमा खुला भएको हो । यस कम्पनीको यस आइपीओलाई केयर रेटिङ नेपालले औषतभन्दा कम आधार जनाउने ग्रेड ४ प्लस रेटिङ दिएको छ । हाल साधनाको चुक्ता पुँजी १४ करोड ६० लाख रुपैयाँ छ । आइपीओ निष्कासनपछि चुक्ता पुँजी २१ करोड ६७ लाख ८० हजार रुपैयाँ पुग्नेछ । 
 
 
 
 
 

Post Your Comment